
२१ पुस, काठमाडौं । चिकित्सा शिक्षा अध्ययनका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) ले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै बुधबार विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
केएमसीमा एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थीले काठमाडौंको माइतीघरदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेका हुन् । उनीहरुले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क नलिन खबरदारी गरेका थिए ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरुले ‘आयोगके नियम कार्यान्वयन गर, अतिरिक्त शुल्क खारेज गर, विद्यार्थी लुट्न पाइँदैन, विद्यार्थीको भविष्य सुनिश्चित गरजस्ता नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए । विद्यार्थीहरुको आन्दोलनमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, नेत्रविक्रम चन्द नेतृत्वको अखिल क्रान्तिकारीले ऐक्यवद्धता जनाएका थिए ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4