
२२ पुस, काठमाडौं । यूएइको कानून अनुसार उनको कार चलाउन पाउने उमेर पुगिसकेको छैन र उनीसँग ड्राइभिङ लाइसेन्स पनि छैन । तर उनीसँग संसारका महंगा भन्दा महंगा कारहरु छन् ।
सायद संसारको सबैभन्दा धनी उद्यमी किशोर हुन् यिनी । सोसल मिडियामा उनी Money Kicks को नामले चिनिन्छन् । उनको यहीँ नामको युट्युब च्यानल छ जसमा ३२ लाखभन्दा धेरै सब्सक्राइबर्स छन् । इन्स्टाग्राममा उनको फलोअर्स २० लाखभन्दा धेरै छन् ।
दुबइमा बस्ने ती किशोरको नाम रशिद बेलहासा हो । डेलीस्टारका अनुसार उनको उमेर अझै २० वर्ष पुगेको छैन । तर उनीसँग एकसे एक सुपर कार छन् ।
दुबइ सहरका सबैभन्दा धनी बच्चाको रुपमा उनी चर्चित छन् । उनका पिता सैफ अहमद बेलहासा पनि ठूला व्यवसायी हुन् ।
सैफ अहमद बेलहासा युएइमा ठूलो व्यवसायीको रुपमा चर्चित छन् । युएइको आर्थिक विकासमा उनको ठूलो भूमिका रहेको समेत बताइन्छ । उनी ट्रेडिङ र उर्जाको व्यवसायमा चर्चित छन् । साथै उनी द्यभजिबकब न्चयगउ या ऋयmउबलष्भक का मालिक हुन् जस अन्तरगत कूल २३ कम्पनी छन् ।
तर उनका छोरा रशिदले भने आफ्नो बुवाको भन्दा फरक बाटो समाएका छन् । उनले १३ वर्षको उमेरमै आफ्नो युट्युब च्यानल सुरु गरे । उनको युट्युब च्यानलमा ठूला ठूला ट्रेनरहरु आउने गरेका छन् ।
उनले आफ्नो युट्युब च्यानलमा विभिन्न महंगा कार पनि देखाउने गरेका छन् । साथै उनले विभिन्न म्युजिक भिडियोमा पनि उनले काम गरिसकेका छन् ।
रशीदसँग Cadillac Escapade, Lamborghini Aventador, Ferrari F2 Berlanetta लगायतका कार छन् । ती सबै कारको मूल्य ८ करोड भन्दा धेरै हुन्छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4