
२३ पुस, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार भएकाे पहिलाे खेलमा संकटा क्लब र सातदाेबाटाे युथ क्लबले १-१ काे बराबरी खेल्दै अंक बाँडेका छन् ।
त्रिपुरेश्वरस्थिथ दशरथ रंशालामा भएकाे खेलमा दुवै गाेल पहिलाे हाफमा भएकाे थियाे । खेलमा सातदाेबाटाेले पहिले अग्रता लिएपनि संकटाले बराबरी गाेल फर्कायाे ।
खेलकाे २३ औं मिनेटमा सातदाेबाटाेले शुसिल राईकाे गाेलमार्फत अग्रता लिएकाे थियाे ।
संकटाका डिफेण्डर निरज बस्नेतले दिएकाे पास गाेलकिपर राजुबाबुले क्लियर गर्न खाेज्दा राईलाई लागेर फर्कँदै गाेल भयाे ।
३० औं मिनेट सुदीप गुरुङकाे लङ सट बारमा लागेर फर्कँदा सातदाेबाटाे अग्रता बढाउने अवसरबाट बन्चित बन्याे ।
३२ औं मिनेटमा जय गुरुङले संकटाकाे लागि बराबरी गाेल फर्काए ।लिपेश आलेले दिएकाे पासमा जयले करिब २५ यार्डबाट उत्कृष्ट गाेल गरे ।
दीपेशकाे प्रहार सातदाेबाटाेका गाेलकिपर अभिषेक बरालले राेक्ने कुनै अवसर पाएनन् ।
दाेस्राे हाफमा शुरुमै सातदाबेटाेले दुई अवसर पाएपनि दिपक राज सिंह ठकुरीले सदुपयाेग गर्न सकेनन् । यस्तै संकटाका लक्ष्मण रुचालकाे लङ सट बार माथिबाट बाहिरियाे ।
बराबरीपछि संकटाले अपराजित यात्रालाई ८ खेलसम्म पुर्याएपनि मनाङसँग अंक बराबरी गर्ने अवसर गुमायाे । जारी लिगमा पाँचाै बराबरी खेलेकाे संकटा ८ खेलबाट १४ अंकसहित तेस्राे स्थानमै छ ।
यस्तै सातदाेबाटाे ८ खेलबाट ९ अंकसहित आठाैँ स्थानमै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4