+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

रुपन्देहीको एमाले अध्यक्षमा तेजेन्द्र केसीको नाम प्रस्ताव

'शाही घोषणा' भन्दै घिमिरेले दिए उम्मेदवारी

टोपराज शर्मा टोपराज शर्मा
२०७८ पुष २४ गते १६:५८
तेजेन्द्र केसी

२५ पुस,बुटवल । नेकपा एमाले रुपन्देहीको जिल्ला समितिको अध्यक्षमा तेजेन्द्र केसीको नाम प्रस्ताव गरिएको छ । पार्टीको नवौं जिल्ला अधिवेशनको बन्द सत्रमा अध्यक्ष मण्डलका अध्यक्ष शिवराज सुवेदीले अध्यक्षमा केसीसहित १५० सदस्यीय जिल्ला समितिको नाम प्रस्ताव गरेका हुन् ।

अध्यक्ष मण्डलले उपाध्यक्षमा जागेश्वरीदेवी चौधरी,सचिवमा यज्ञ गैरे र उपसचिवमा हितराज पन्थी र चित्रबहादुर कार्कीको नाम प्रस्ताव गरेको छ । पदाधिकारीमा एकाधबाहेक सबै प्रतिनिधिले समर्थन जनाएको एमाले रुपन्देहीका प्रवक्ता मोहन चापागाईले बताए ।

तर अध्यक्षका आकांक्षी हालका उपाध्यक्ष पुरुषोत्तम घिमिरेले भने अध्यक्ष मण्डलको उक्त प्रस्तावलाई ‘शाही घोषणा’ भन्दै आफूलाई अमान्य भएको बताए । उनले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

‘केन्द्रीय महाधिवेशनमा केपी ओलीले गरेजस्तै यहां पनि शाही घोषणाको शैलीमा पदाधिकारी घोषणा भयो’ घिमिरेले अनलाइनखबरसंग भने, ‘यो प्रक्रिया अमान्य भएकाले मैले अध्यक्षमा उम्मेदवारी दर्ता गरेको छु ।’

आफू २०४७ सालदेखि एमाले जिल्ला कमिटीमा रहेको भन्दै घिमिरेले अध्यक्षमा प्रस्तावित र अन्य आकांक्षीहरु आफू भन्दा एक दशकपछि जिल्ला कमिटीमा आएकाले आफू अध्यक्षको स्वभाविक दाबेदार भएको बताए ।

घिमिरे एमालेमा लामो समयदेखि माधव नेपाल पक्षमा थिए । संसद विघटनपछि नेकपामा भएको विवादमा पनि घिमिरे माधव नेपाल–प्रचण्ड पक्षमा थिए ।

अध्यक्ष प्रस्तावित केसी एमाले र माओवादी एकीकरण भएपछि जिल्ला सह–संयोजक बनेका थिए । उनी जिल्ला प्रचार विभाग प्रमुख पनि थिए ।

एमाले जिल्ला अधिवेशनका लागि ११०६ जना प्रतिनिधि छन् । १५० सदस्यीय जिल्ला कमिटीमा अध्यक्ष,उपाध्यक्ष, सचिव र २ जना उपसचिव गरी ५ जना पदाधिकारी रहने व्यवस्था छ ।

घिमिरेले उम्मेदवारी फिर्ता नलिएमा आइतबार चुनाव हुने प्रवक्ता चापागाईंले बताए ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?