+
+

बल्ल लगाउन पायौं खोप

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते २०:२०

२५ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका तीन जिल्लाका बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप दिन शुरु गरेको छ ।

कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएपछि मन्त्रालयले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आइतबारदेखि खोप दिन शुरु गरेको हो ।

स्वास्थ्य सेवा विभागका निर्देशक डा. दीपेन्द्र रमण सिंहका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका बालबालिकालाई खोप दिन निर्देशन भइसकेको र भक्तपुरका केही स्थानीय तहले आइतबारदेखि नै खोप लगाउन शुरु गरेको छ ।

डा. सिंहले भने, ‘तीन जिल्लामा बालबालिकाका लागि खोप कार्यक्रम चलाउन निर्देशन भइसकेको छ । खोप अभियान सञ्चालन गर्नेबारे छलफल तथा तयारी भइहेको भन्ने खबर पाएका छौं ।’ डा. सिंहका अनुसार उपत्यकाका बालबालिकाकालाई मोडेर्ना र फाइजर दुवै खोप दिइने छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप दिन शुरु गरेको छ । सोमबार पनि बालबालिकालाई खोप दिइने नगरपालिकाका स्वास्थ्य संयोजक वसन्तप्रसाद चापागाईंले अनलाइनखबरलाई जानकारी दिए । १० वटा वडा रहेको नगरपालिकाले सम्बन्धित वडाको स्वास्थ्य केन्द्रमा दुई दिन खोप अभियान सञ्चालन गर्ने उनले बताए ।

विद्यालयले पठाएको विवरण अनुसार १२ देखि १७ वर्ष उमेर समूहका करिब १३ हजार बालबालिका रहेका छन् । दुई दिनभित्र सबै बालबालिकालाई खोप लगाइसक्ने योजना रहेको उनले बताए । नगरपालिकाको सूर्यविनायक अस्पतालमा वडाभित्र रहेका ६ वटा विद्यालयका लागि खोप केन्द्र तोकेको छ ।

अस्पतालमा आइतबार तीन वटा र सोमबार तीन वटा विद्यालयका बालबालिका गरी २ हजार ३६० जना बालबालिकालाई खोप दिइने अस्पताल प्रमुख डा.अनन्तकुमार थापाले जानकारी दिए ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?