+
+

७३ अंकले बढ्यो नेप्से परिसूचक, ७ अर्ब माथिको शेयर कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २५ गते १५:३१

२५ पुस, काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ७३ अंकभन्दा धेरैले बढेको छ । आइतबार कारोबार खुला भएसँगै बढ्ने क्रम शुरु भएको नेप्से परिसूचक ७३.०१ अंकले बढेर २ हजार ७ सय ६५ दशमलव ४७८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १३ दशमलव २१ अंकले बढेको छ ।

कारोबार रकम पनि ७ अर्ब नाघेको छ । दिनभर भएका ८२ हजार ११३ कारोबारबाट २३९ कम्पनीका १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५ सय ९१ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?