
२६ पुस, जनकपुरधाम । सप्तरीको एक इँटा उद्योगमा पर्खाल भत्किँदा एकना मजदुरको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
रुपनी गाउँपालिका-६ तेरहौतास्थित विशाल इँटा उद्योगमा काँचो इँटा पकाउनका लागि चाङ लगाउने क्रममा सोमबार पर्खाल भत्किएको प्रहरीले जनाएको छ ।
पर्खाल भत्किँदा रुपनी गाउँपालिका-६ बस्ने ५० वर्षीया जतरीदेवी सरदारको च्यापिएर मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
पर्खाल भत्किँदा च्यापिएर अग्निसाइर कृष्णासावरण गाउँपालिका-४ का मंगल सदा र भारतको मधुवनबस्ने रमेशकुमार लौउदी घाइते भएका छन् । दुवैको छिन्नमस्तामा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4