+
+

अल्लु अर्जुनको ‘अला वैकुण्ठपुरमलो’को हिन्दी डब रोक्न ‘शहजादा’ टिमले तिर्‍यो ८ करोड

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २८ गते १३:५५

२८ पुस, काठमाडौं । साउथका सुपरस्टार अल्लु अर्जुन अभिनित चलचित्र ‘अला वैकुण्ठपुरमलो’को हिन्दी रिमेक बन्दैछ । यो चलचित्रको हिन्दी रिमेकको नाम ‘शहजादा’ राखिएको छ । यो चलचित्रमा अभिनेता कार्तिक आर्यन र अभिनेत्री कृति सेननले अभिनय गर्ने पक्का भइसकेको छ ।

चलचित्रको प्रदर्शन मिति आगामी नोभेम्बरलाई तोकिएको छ । चलचित्र ‘अला बैकुण्ठपुरमलो’को हिन्दी डबको अधिकार मनिष शाहले लिएका छन् । यसका लागि उनले चार करोड रुपैयाँ तिरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

मनिषले चलचित्रलाई हिन्दी डब गरेर डिजिटल प्लेटफर्ममा रिलिज गर्ने तयारी गरेका थिए । तर, अब यो चलचित्र तत्काल युट्युबमा रिलिज भने नहुने भएको छ ।

किनकि, चलचित्र ‘शहजादा’को निर्माण टिमले यो चलचित्र रिलिज नभएसम्म हिन्दी डब सार्वजनिक नगर्न मनिषसँग आग्रह गरेको थियो । यसका लागि मनिष र चलचित्रको टिमबीच केही चरणमा वार्ता समेत भयो ।

चलचित्रको हिन्दी डबको डिजिटल प्रसारण रोक्नका लागि ‘शहजादा’ टिमले ८ करोड रुपैयाँ मनिषलाई तिरेको छ । अब यो चलचित्र ‘शहजादा’ रिलिज भएको १६ हप्तापछि मात्र युट्युबमा प्रसारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?