+
+
Shares

सेनाले भन्यो-वैशाखअघि नै खोकनाको विवाद सल्टिनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २८ गते २१:४४

२८ पुस, काठमाडौं । नेपाली सेनाले  तीन वर्षभित्र निर्माण सकाउने हो भने काठमाडौं-तराई मधेश द्रुतमार्ग आयोजनाको सबै खालका विवाद र उल्झन आगामी वैशाखअघि सल्टाउनुपर्ने बताएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा द्रुतमार्ग आयोजनाका प्रमुख सहायकरथी विकास पोखरेलले खोकनासम्मकै सडक समेत समेटेर ९, १० र ११ नम्बरका तीन वटा प्याकेजको ठेक्का वैशाखसम्म आह्वान गरिसक्नुपर्ने बताए ।

द्रूतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ-भक्तपुर १३२ केभी प्रशारणलाइन लगायतका आयोजनाहरू खोकना हुँदै बनाउने तयारी भएपछि स्थानीयवासीले विकासका नाममा सांस्कृतिक शहरमाथि अतिक्रमण गरेको भन्दै विरोध गर्दै आएका छन् । उनीहरूले मुआब्जा समेत बुझेका छैनन् ।

अब पनि खोकनाको मुआब्जा विवाद नटुंगिए ११ नम्बर प्याकेजको टेन्डर गर्न नसकिने उनको भनाइ छ । खोकनाको प्रस्थानविन्दुको ‘एलाइग्नमेन्ट’ परिवर्तन गर्दा यसअघि देखिैको ४ सय रोपनीसहित थप १६५ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने अवस्था छ ।

‘खोकनामा द्रुतमार्ग ल्याउने हो भने स्मार्ट सिटी, प्रसारणलाइन, बाग्मती करिडोर, बाहिरी चक्रपथ आयोजना सञ्चालन नहुने सुनिश्चित गर्ने गरी लेखेरै दिन स्थानीयले माग गर्नुभएको छ,’ आयोजना प्रमुख पोखरेलले भने,’हामी यो काम गर्न सक्दैनौं, योजना आयोगमा यस विषयलाई राखेका छौं ।’

११ वटा प्याकेजमध्ये चार वटा प्याकेजमा ठेक्का लागिसकेको र ठेकदार परिचालनको तयारी भइरहेको उनले बताए । सुरुङमार्ग निर्माणको लागि डिजाइन सकेर रिभ्यु भइरहेको र केही दिनभित्रै स्वीकृत गरेर ठेकदारलाई फिल्डमा पठाइने आयोजनाको भनाइ छ । अरु दुई वटा प्याकेजहरु ठेक्का लगाउन मूल्यांकनको अन्तिम चरणमा रहेको सेनाले बताएको छ ।

यो वर्ष आयोजनाका ९ अर्ब थप बजेट माग गरिएको भन्दै सेनाले त्यसका लागि अर्थमन्त्रालयले सहयोग गर्ने विश्वास व्यक्त गरेको । अबको ६ महिनाभित्र कति काम हुन्छ भन्ने आधारमा बजेट माग गरिएको सेनाको भनाइ छ । अर्को वर्षका लागि ५०/५५ अर्बको स्रोत सुनिश्चित गर्नुपर्ने सेनाले बताएको छ ।

आयोजना प्रमुख पोखरेलले कतिपय ठाउामा पहिले वातावरणीय अध्ययन नभएका क्षेत्रमा पनि सडकका लागि जग्गा आवश्यक देखिएकाले अध्ययन नभएपनि काम गर्न दिने गरी बाटो खोल्नुपर्ने माग गरे । मुख्य गरी वातावरणीय अध्ययन भएका स्थानमा रुख काट्न नपाइने भएकाले समस्या भएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयमा ५ खालका सहयोग मागिएको सेनाले बताएको छ । ‘प्रस्थानविन्दुलाई आर्क ब्रिजजसम्म ल्याएर जोड्ने, सिस्नेरीबाट सडकमा छुटि्टने विन्दु (बाइफर्केसन) बनाउने, दुई वटा सिग्नेचर (कलात्मक) पुल बनाउने, बुदुनेबाट फुर्केचौरसम्म मदनभण्डारी राजमार्ग जोड्ने गरीको दुई लेनको सडक बनाउने र मदनभण्डारी राजमार्गको क्रसिङलाई व्यवस्थित गर्ने कामका लागि भौतिक योजना मन्त्रालयको सहमति आवश्यक छ,’ पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?