+
+

लकडाउनमा बोरिस जोनसनको पार्टी काण्ड : सत्तारुढ दलका वरिष्ठ नेताले राजीनामा माग्न थाले

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते १२:४८

२९ पुस, काठमाडौं । बेलायतमा लगाइएको पहिलो लकडाउनका बेला कार्यालयभित्रै भोज आयोजना गरेको तथ्य बाहिरिएपछि प्रधानमन्त्री बोरिस जोनसन थप दबाबमा परेका छन् ।

जोनसनले समेत पहिलो लकडाउनका बेला प्रधानमन्त्री कार्यालयभित्र रक्सीसहितको भोज (पार्टी) आयोजना गरेको स्वीकारिसकेका छन् । उनले २०२० को मे महिनामा डाउनिङ स्ट्रिटस्थित कार्यालयमा भएको भोजका लागि माफीसमेत मागिसकेका छन् । उक्त घटनापछि बढेको जनआक्रोशलाई आफूले बुझेको पनि उनको भनाइ छ ।

यसैबीच, सत्तारुढ दल कन्जर्भेटिभ पार्टीका वरिष्ठ नेताहरूले जोनसनलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन भनेका छन् । स्कटल्याण्डका कन्जर्भेटिभ नेता डगलस रोससहित सत्तारुढ सांसद विलियम र्‍याग, क्यारोलिन नोक्स र रोजर गेललगायत नेताहरूले जोनसनको राजीनामा मागेको बीबीसीले जनाएको छ ।

‘उहाँ प्रधानमन्त्री हो र उहाँको सरकारले यी नियम लागू गरेको हो’, सांसदसआमेत रहेका नेता रोसले भने, ‘उहाँ आफ्नो कार्यप्रति जवाफदेही बन्नुपर्छ ।’ त्यस्तै, सार्वजनिक तथा संवैधानिक मामिलाका अध्यक्षसमेत रहेका र्‍यागले लकडाउनमा भोज गरेका कारण जोनसन रक्षात्मक अवस्थामा पुगेको भन्दै राजीनामा दिन भनेका छन् ।

तर, उपप्रधानमन्त्री डोमिनिक राबसहित मन्त्रिमण्डलका सदस्य भने जोनसनको पक्षमा उभिएको छ । हालै पहिलो लकडाउनका बेला जोनसनले १०० यभन्दा बढी कर्मचारीलाई भोजका लागि निम्तो दिएको इमेल बाहिरिएको थियो । उक्त इमेलमा डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री कार्यालयका १०० भन्दा बढी कर्मचारीलाई एक भोजमा आफैं रक्सी लिएर आउन भनिएको छ । उक्त इमेल मे २०२० मा कर्मचारीलाई पठाइएको थियो ।

प्रधानमन्त्री कार्यालयभित्रको बगैचामा भएको भोजमा जोनसन र उनकी श्रीमती क्यारीसहित झण्डै ४० जना सहभागी भएको बताइन्छ । रक्सीसहितको उक्त भोजका बेला बेलायतमा पहिलो पटक लकडाउन गरिएको थियो ।
तर बाहिर हुने जमघटमा २ जनाभन्दा बढी मानिस भेला हुन नपाइने नियम लागू गरेर कार्यालयभित्रै भोज गरेको इमेल बाहिरिएपछि जोनसनको थप आलोचना भएको छ ।

सरकारी अधिकारीले आफैं कोभिडसम्बन्धी प्रतिबन्धात्मक नियम पालना नगरेको तथ्य बाहिरिएपछि जनआक्रोश समेत बढेको छ । जोनसनको नेतृत्वमा रहेको सरकारले भने कोभिड-१९ का मापदण्ड उल्लंघन नगरेको बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?