+
+

नबिल र नेपाल बंगलादेश बैंकबीच मर्जर सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते १८:४०
प्रतीकात्मक तस्वीर

२९ पुस, काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एक आपसमा मर्जरमा जाने सहमति भएको छ । बिहीबार साँझ ललितपुरको एक होटलमा यी दुई बैंकहरुले मर्जरसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

मर्जरका लागि नेपाल बंगलादेश बैंकको एक सय कित्ता बराबर नबिल बैंकको ४३ कित्ता शेयर हुने गरी सहमति जुटेको छ । केही व्यवहारिक विषयहरु सम्झौतामा उल्लेख नगरी मौखिक सहमति गरिएको नबिल बैंक स्रोतले बताएको छ ।

मर्जरपछि बैंकको नाम नबिल बैंक नै हुने प्रारम्भिक सहमति भएको छ । मर्जरपछि बैंकको अध्यक्ष हालका नविल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल र प्रमुख कार्यकारी अधिकृत पनि नबिल बैंककै अनिल केशरी शाह हुनेछन् ।

नेपाल बंगलादेश बैंकमा अहिले आईसीएफसी बैंक, बंगलादेशको प्रतिनिधिको रुपमा एआरएम नाजमुस साकिब अध्यक्ष रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत रिक्त छ ।

नेपाल बैंकलादेश बैंकको वरिष्ठ प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डे केही साता पहिलेमात्रै नियुक्त भएका थिए । उनलारई मर्जरपछि बैंकको वरिष्ठ प्रमुख कार्यकारी अधिकृत नै दिने प्रारम्भिक सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?