+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

भक्तपुरमा सिसिटिभी जडान गर्न मेगा बैंकको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते २०:१३

२९ पुस, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग गरेको छ ।

मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका पदाधिकारीलाई सिसिटिभी खरिदका लागि दुई लाख पचास हजार रुपैंयाको चेक हस्तान्तरण गरे । सो अवसरमा उक्त समितिका संयोजक प्रदिप कुमार श्रेष्ठ, कोषाध्यक्ष नविन प्रजापति, सचिव पदमलाल शिलाकार र सदस्य सचिव प्र.ना.उ. राजु पाण्डेको सहभागिता रहेको थियो ।

भक्तपुर जिल्लाको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी तथा प्रभावकारी बनाउने उद्देश्यले सिसिटिभी खरिद तथा जडान गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरिएको सिइओ खुञ्जेलीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?