+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते १३:११

३० पुस, बुटवल । रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

भैरहवाको बुद्धचोकमा युपी ४२ एटी ४३५२ नम्बरको भारतीय ट्रकले लु.१८ प ५७१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृतकको सनाखत हुन बाँकी रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी मोहन खांणले बताए ।

तीव्र गतिको ट्रकले मोटरसाइकललाई ठक्कर दिएपछि करिब २ सय मिटरसम्म घिसार्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?