३० पुस, काठमाडौं । राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले पनि हङकङमा हुने क्रिकेट प्रतियोगिता खेल्ने भएकी छन् ।
रुबिनाले हङकङमा फेयर ब्रेक इन्भिटेसनल टुर्नामेन्ट खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार जनाएको छ ।
यसअघि सीता राना मगरले पनि हङकङमा खेल्ने पक्का भइसकेको छ । फेयर ब्रेक इन्भिटेसनल, अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट मान्यता प्राप्त महिला टी–२० क्रिकेट प्रतियोगिता हो ।
आगामी १ देखि १५ मेसम्म हङकङमा हुने प्रतियोगितामा ६ टोलीले भाग लिनेछन् । भारतकी हर्मप्रित कौर, पाकिस्तानकी सना मिर जस्ता चर्चित खेलाडीहरुको सहभागिता सुनिश्चित भइसकेको छ ।
प्रतिक्रिया 4