+
+

ज्वालामुखीले टोंगामा उल्लेख्य क्षति पुगेको अनुमान

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते १०:५८
Photo Credit : AP

४ माघ, काठमाडौं । प्रशान्त महासागरमा ज्वालामुखी विष्फोटपछि आएको सुनामीका कारण टापु देश टोंगामा उल्लेख्य क्षति भएको अनुमान गरिएको छ ।

गत आइतबार टोंगाको राजधानी नुकुआलोफाबाट करिब ६५ किलोमिटर उत्तरमा पानी मुनि ज्वालामुखी विष्फोट भएको थियो । ज्वालामुखी विष्फोटका कारण बिजुली, इन्टरनेट र सञ्चार सम्पर्क विच्छेद भएको छ । आकाशमा धुवाँ र खरानीको मुस्लोका कारण स्याटलाइट फोनले समेत काम गरेको छैन । त्यसैले त्यहाँको क्षतिको पूर्ण विवरण आइनसकेको बीबीसीले जनाएको छ ।

क्षति र त्यहाँको पछिल्लो अवस्थाबारे बुझ्न न्युजिल्याण्ड र अष्ट्रेलियाले विशेष टोली टोंगामा पठाएका छन् । यी टोलीले गरेको निरीक्षणपछि टोंगामा उल्लेख्य क्षति पुगेको हुनसक्ने विवरण सार्वजनिक भइरहेका छन् । न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले टोंगामा उल्लेख्य क्षति पुगेको बताएकी छन् ।

टोंगामा मानवीय क्षति भएको पुष्टि भने भएको छैन । तर बेलायती एक महिला एन्जेला ग्लोभर बेपत्ता भएको उनीका परिवारका सदस्य र साथीहरुले बताएका छन् । उनले टोंगाको राजधानी नुकुआलोफामा ट्याटु पार्लर सन्चालन गर्दै आएकी थिइन् ।

टोंगाको जनसंख्या करिब एक लाख ५ हजार रहेको बताइन्छ । त्यहाँ १७० वटा टापु छन् र ती सात लाख वर्ग किलोमिटरसम्म फैलिएका छन् ।

रेडक्रसका अनुसार ज्वालामुखी विष्फोटपछि त्यहाँका करिब ८० हजार मानिसहरु प्रभावित भएका छन् । प्रभावित मानिसहरुलाई तत्काल स्वच्छ पिउने पानी आवश्यक छ । मानिसहरुलाई बोतलमा बन्द गरेर राखिएको पानीमात्र पिउन र मास्क लगाएर बस्न अपिल गरिएको छ ।

ज्वालामुखी विष्फोटपछि पानीका मुहान ध्वस्त भएको र त्यहाँको जमिन खरानीले ढाकिएर चन्द्रमाको सतहजस्तै देखिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले लेखेका छन् ।

ज्वालामुखी विष्फोट अमेरिकासम्म टाढा सुनिएको थियो । विष्फोटपछि टोंगामा एक मिटर भन्दा माथिसम्म छाल उठेको थियो । अमेरिकाको अलास्का र क्लालिफोर्नियासम्म बाढी आएको थियो । अमेरिकाका साथै जापानमा पनि सुनामीको चेतावनी जारी गरिएको थियो । ज्वालामुखी विष्फोपछि टोंगाका राजा र उनका सदस्यहरुलाई सुरक्षित स्थानमा सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?