+
+

२०औं आहा रारा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा र एपीएफ भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते १३:००

४ माघ, काठमाडौं । आगामी बिहीबारदेखि पोखरामा सुरु हुने २०औं संस्करणको आहा-रारा गोल्डकपलको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र विभागीय टिम एपीएफ भिड्ने भएका छन् ।

आयोजकले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा सहाराले एपीएफ प्रतिद्वन्द्वी पाएको हो । यस खेलको विजेता क्वाटरफाइनलमा अमेरिकाको बीवाइएससीसँग प्रतिस्पर्धा गर्नेछ ।

१० टोली सहभागी प्रतियोगितामा उद्घाटन खेलसँगै दुई वटा प्रिक्वाटरफाइनल खेल हुनेछ ।

दोस्रो दिन नेपाल पुलिस क्लब र हिमालयन शेर्पाबीच दोस्रो प्रिक्वाटरफाइनल खेल हुनेछ । यस खेलको विजेताले सेमिफाइनल प्रवेशका लागि मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

साकवि विजेता संकटा र मछिन्द्र क्लब तथा थ्रीस्टार र त्रिभुवन आर्मी क्लब भने सिधै क्वाटरफाइनलमा खेल्नेछन् ।

पोखरा रंगशालमा हुने प्रतियोगिता माघ ६ गतेदेखि १५ गतेसम्म हुनेछ ।

प्रतियोगिताको विजेताले १० लाख एक हजार नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेता टिमले पाँच लाख एक हजार प्राप्त गर्ने छ ।

यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट पाँच विधाको पुरस्कार प्रदान गरिने छ । त्यस्तै सर्वोकृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८ बाट एक जना राष्ट्रिय खेलाडीलाई सम्मान गरिने क्लबले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?