+
+
Shares

विश्व नम्बर एक प्रिन्सलाई पिनाकल कलेजको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते ८:३१

५ माघ, काठमाडौं । जुनियर विश्व नम्बर एक ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई पिनाकल कलेजले नगदसहित सम्मान गरेको छ । प्रिन्स पिनाकल कलेजमा ११ कक्षामा अध्ययनरत छन् ।

मंगलबार आयोजित कार्यक्रममा पिनाकल कलेजका प्रिन्सिपल ऋषि तिवारी, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)का अध्यक्ष रमेशकुमार सिलवाल, कलेजका प्लस टू संयोजक रविप्रसाद तिमिल्सिनालगायतले प्रिन्सलाई नगद ४० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरे ।

कलेजले प्रिन्सको अध्ययनका आवश्यक सम्पूर्ण खर्चमा छात्रवृत्ति दिने निर्णय गरेको प्रिन्सिपल तिवारीले कार्यक्रममा जानकारी दिए । राष्ट्रको गौरवका रुपमा रहेका प्रिन्सलाई उच्चशिक्षाको अवसर पाएकोमा कृतज्ञता व्यक्त गर्दै तिवारीले प्रिन्सकै सम्मानमा कलेजले क्याम्परस्तरीय राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने घोषणासमेत गरेका छन् ।

हिसानका अध्यक्ष सिलवालले पढाइलाई पनि उत्तिकै प्राथमिकतामा राख्न प्रिन्सलाई सुझाव दिए ।

विश्व ब्याडमिन्टन फेडेरेसनले सार्वजनिक गरेको पछिल्लाे जुनियर विश्व वरीयतामा १८ वर्षीय प्रिन्स शीर्ष स्थानमा पुगेका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?