+
+

चेल्सी ब्राइटनसँग बराबरीमा रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते ८:४५

५ माघ, काठमाडौं । प्रिमियर लिगमा चेल्सीले एक गोलको अग्रता जोगाउन नसक्दा ब्राइटनसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

ब्राइटनको मैदानमा भएको खेलमा चेल्सीले पहिलो हाफमा गोल गरेको थियो । दोस्रो हाफमा घरेलु टोलीले बराबरी गोल फर्कायो ।

खेलको २८ औं मिनेटमा हाकिम जिएचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर ६० औं मिनेटमा ब्राइटनका एडम वेब्स्टरले गोल गरे ।

यस बराबरीपछि चेल्सीको २३ खेलबाट ४४ अंक भएको छ । दुई खेल कम खेलेको लिभरपुलभन्दा चेल्सी अझै १ अंङ्कले पछि छ । म्यानचेष्टर सिटी २२ खेलबाट ५६ अंकसहित शीर्ष स्थानमा छ ।

ब्राइटन २९ अंक जोडेर नवौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?