+
+

उपत्यकामा ट्राफिक प्रहरीले शुरु गर्‍यो अनिवार्य मास्कको प्रयोग गर्न स्टिकर अभियान

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ६ गते १३:४१

६ माघ, काठमाडौं। काठमाडौं उपत्यकामा कोभिड-१९को संक्रमण बढेसँगै ट्राफिक प्रहरीले अनिवार्य मास्कको प्रयोग गर्न स्टिकर अभियान शुरू गरेको छ ।

ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनका चालक सह-चालक तथा यात्रुलाई अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गर्दै सवारी साधनहरुमा सूचनामुलक स्टिकर टाँस गरेको हो ।

काठमाडौं मल अगाडी गरिएको कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक उमेश राज जोशी, यातायात व्यवसायी तथा पदाधिकारी र अन्य प्रहरी अधिकृतहरुले ‘सवारी साधनमा चढ्दा अनिबार्य मास्कको प्रयोग गरौं’ भन्ने सचेतनायुक्त स्टिकर टाँसेर अभियान शुरू गरेका हुन् ।

कार्यक्रममा बोल्दै एसएसपी उमेश राज जोशीले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड र सावधानीका उपायहरुलाई पुर्ण पालना गर्न अनुरोध गरे ।

यसका साथै ट्राफिक प्रहरीले सवारी साधनमा यात्रा गर्दा मास्कको प्रयोग भए-नभएको अनुगमन गर्दै मास्क नलगाएका सवारी चलाकलाई सम्झाइ-बुझाइ मास्कसमेत बितरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?