+
+
Shares

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वरबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते १५:३८

७ माघ, काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका-३ बस्‍ने ४३ वर्षीय जितेन्द्र बहादुर रिजाल रहेका छन् ।

उच्च अदालत पाटनको २०७६ पुस ७ गतेको फैसलाले रिजाललाई २ दिन कैद र १२ लाख जरिवाना सुनाएको थियो ।

महाराजगञ्जबाट खटिएको ब्यूरोले रिजाललाई गोकर्णेश्‍वरको सुन्ताखान भन्‍ने स्थानबाट र पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका उनलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्याएर एनआईसी एसिया बैंकको खाताबाट भुक्तान हुने गरी पीडितलाई चेक काटेर दिएका थिए।

बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?