+
+

मधेश प्रदेशमा संक्रमण बढ्दै, माघयता ३ जनाको मृत्यु

सुरेश बिडारी सुरेश बिडारी
२०७८ माघ ७ गते १९:२१

७ माघ, वीरगञ्ज । माघ ३ गते धनुषाको हंसपुर नगरपालिका–७ पर्साही बस्ने ४८ वर्षीया महिलाको कोरोना संक्रमणकै कारण मृत्यु भयो । धनुषा हस्पताल जनकपुरमा पुस २० गते भर्ना भएकी उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि कोभिड–१९ अस्पताल मुजेलियामा रेफर गरिएको थियो । उपचारको क्रममा उनको मृत्यु भयो ।

सोही दिन कोरेना संक्रमणबाट गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा पनि ७५ वर्षीय पुरुषको मृत्यु भयो । रुपनी गाउँपालिका– १ बस्ने उनलाई माघ १ गते अस्पताल लगिएको थियो । माघ २ गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आयो । उपचार चल्दै थियो । माघ ३ गते उनको मृत्यु भयो ।

बिहीबार राति वीरगञ्जमा उपचारको क्रममा बाराको महागढीमाई नगरपालिका–६ बस्ने ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।

वीरगञ्जकै एक निजी अस्पतालमा उपचारका लागि पुगेका उनको माघ ६ गते गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ देखिएको थियो ।

कडा कोभिड निमोनियासहित अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा राति पौने १२ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

मधेश प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्नुको साथै मृत्यु हुनेको संख्या पनि क्रमशः बढ्दै गएको छ । माघयता कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ ।

कोरोना संक्रमित विभिन्न लक्षणसहित अस्पतालमा भर्ना हुने क्रम पनि बढेको चिकित्सकहरुले बताएका छन् । नारायणी अस्पतालमा मात्रै हाल ७ जना कोरोना संक्रमित उपचाररत छन् ।

माघ १ गते प्रदेशमा ४ सय ४१ जना सक्रिय संक्रमित थिए । उनीहरु मध्ये ४ सय ३९ जना होम आइसोलेसनमा नै थिए । माघ ६ गतेसम्म आइपुग्दा सक्रिय संक्रमितको संख्या १ हजार २ सय ११ पुगिसकेको छ । जसमध्ये १ हजार २ सय ५ जना होम आइसोलेसनमा छन् ।

मधेस प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा ८२ वटा आइसोलेसन सेन्टर छन् । जसमा २३ सय संक्रमित राख्न सकिन्छ ।

स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा कोरोना संक्रमित विस्तारै बढ्दै गइरहेको बताउँछन् । ‘परीक्षण गराएका मध्ये ५०÷६० प्रतिशतमा कोरोना संक्रमण देखिने गरेको छ, प्रदेशमा ३ प्रतिशमा ओमिक्रोन भेरियन्टको संक्रमण देखिएको छ,’ उनले भने, ‘१२ वर्षभन्दा माथि ५० प्रतिशतले भ्याक्सिन लगाएका छन् । सिरियस केस छैनन् भन्दैमा लापरबाही गर्नु हुँदैन ।’

सतर्क भएर सबैले जनस्वाथ्यका मापदण्ड पालना गर्ने हो भने लकडाउन लगाउनुपर्ने अवस्था नआउने भन्दै उनले खोप लगाएर जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरे ।

‘परीक्षणको दायरा बढाउनुपर्ने छ तर पालिका स्तरमा सीआईसीटी टिम निष्क्रिय छ,’ उनले भने, ‘स्थानीय सरकार सक्रिय हुनुपर्छ ।’

मधेस प्रदेशको वीरगञ्ज इनर्वा, रौतहटको गौर, महोत्तरीको भिठ्ठामोड, सिरहाको मार्डर गरी ४ वटा सीमा नाकाको हेल्थ डेस्कमा एन्टिजेन परीक्षण हुने गरेको बताउँदै उनले थप ४ वटा नाकामा हेल्थ डेस्क राख्नेबारे छलफल भइरहेको समेत बताए ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?