+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

छ महिनामा चार अर्ब राजश्व

रासस रासस
२०७८ माघ १० गते १४:००

१० माघ, काठमाडौं । आन्तरिक राजश्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको छ महिनामा कूल चार अर्ब १६ करोड ६७ लाख ६४ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले चार अर्ब ३८ करोड ७३ लाख ८७ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यमा २२ करोड छ लाख २२ हजार राजश्व कम सङ्कलन भएको हो ।

गएको आवमा सो अवधिमा तीन अर्ब ८८ करोड ९७ लाख ३४ हजार राजश्व सङ्कलन गरेको थियो । सो अवधिमा कार्यालयले तीन अर्ब ९१ करोड ५२ लाख ८८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्याललये लक्ष्यभन्दा दुई करोड ५५ लाख ५४ हजारले कम राजश्व सङ्कलन गरेको थियो ।

कार्यालय गएको वर्षको सो अवधिमा सङ्कलन गरेको राजश्वभन्दा २७ करोड ७० लाख ३० हजार राजश्व बढी सङ्कलन गर्न सफल भएको कार्यालयका प्रमुख सूर्यप्रसाद पोखरेलले जानकारी दिए । सो अवधिमा गएको वर्षभन्दा सात प्रतिशत बढी राजश्व सङ्कलन भएको उनले बताए । कार्यालयले सङ्कलित गरेको राजश्वमा आयकर एक अर्ब ७० करोड चार लाख ८६ हजार, बहाल कर ५० करोड २५ लाख आठ हजार, ब्याजकर पाँच करोड ९८ लाख ५० हजार, मूल्य अभिवृद्धिकर एक अर्ब पाँच करोड ६२ लाख १९ हजार, अन्तःशुल्क एक अर्ब २९ करोड ९५ लाख ७५ हजार, स्वास्थ्य सेवा ३० हजार र शिक्षा सेवा शुल्क तीन लाख ४६ हजार छन् ।

सङ्कलित राजश्वमा करदाता सेवा कार्यालय विराट चोकबाट १८ करोड एक लाख ४४ हजार, करदाता सेवा कार्यालय पथरीबाट १० करोड ६० लाख ७७ हजार र आन्तरिक राजश्व कार्यालय विराटनगरले तीन अर्ब ८८ करोड पाँच लाख ४३ हजार सङ्कलन भएको कार्यालयले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?