+
+

टेलिसिरियलले पाउन थाले युट्युबमा करोड भ्युज

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते १४:३७
‘गाह्रो छ हो’ सिरियलमा रियाशा दाहाल र बेगम नेपाली

१२ माघ, काठमाडौं । चलचित्र र म्युजिक भिडियो करोड क्लबमा प्रवेश गर्नु नौलो कुरा रहेन । थुप्रै नेपाली चलचित्र र म्युजिक भिडियोले युट्युबमा करोड भ्युज पार गरेका छन् ।

यसैबीच, पछिल्लो समय टेलिसिरियललाई समेत युट्युबमा करोड बढी हेर्न थालिएको छ । यसले युट्युबमा टेलिसिरियल हेर्ने दर्शकको क्रेज बढेको मूल्यांकन गर्न सकिन्छ । युट्युबमा टेलिसिरियल हेर्ने दर्शकहरु बढेसँगै युट्युबकै लागि मात्र पनि थुप्रै टेलिसिरियल निर्माण भइरहेका छन् ।

यसअघि नेपाली टेलिभिजन सिरियलको इतिहासमा पहिलोपटक ‘भद्रगोल’ले युट्युबमा एक करोड भ्युज प्राप्त गरेको थियो । दुई वर्षअघि सार्वजनिक ‘भद्रगोल’को एपिसोड २०२ लाई युट्युबमा एक करोड बढी पटक हेरिएको छ । अहिले फेरि अर्को टेलिसिरियल ‘गाह्रो छ हो’ले युट्युबमा एक करोड भ्युज पाएको छ ।

११ महिनाअघि सार्वजनिक ‘गाह्रो छ हो’को एपिसोड १४ लाख युट्युबमा एक करोड बढी हेरिएको हो । ‘भटभटे माइला’ उपनामले चिनिँदै आएका हास्य कलाकार बेगम नेपाली र मोडल रियाशा दाहालको लेखन, मनराज श्रेष्ठको निर्देशन रहँदै आएको टेलिसिरियलमा बेगम र रियाशा नै मुख्य भूमिकामा देखिँदै आएका छन् । त्यस्तै, सुशील पोखरेल, विनोद राई, मनराज श्रेष्ठ, राजकुमार देवकोटा लगायतको यस टेलिसिरियलमा अभिनय रहँदै आएको छ ।

टेलिसिरियलले युट्युबमा एक करोड भ्युज पाएसँगै निर्माण टिमले सामाजिक सञ्जालमा खुशी साटेको छ । टेलिसिरियल लेखन तथा अभिनय गर्दै आएकी रियाशाले लेखेकी छिन्, ‘हाम्रो ‘गाह्रो छ हो’ सिरियललाई ११ महिनामा युटयुबमा एक करोडभन्दा धेरै पटक हेरिदिएर करोड क्लबमा पुर्‍याइदिनुहुने सम्पूर्ण भगवानरूपी दर्शकहरुप्रति ‘गाह्रो छ हो’ परिवार हार्दिक नमन अनि सम्मान गर्न चाहन्छौं । यो माया, हौसला, साथ, सपोर्ट, सल्लाह सुझाव सधैं पाइराखौं । हामीलाई साथ दिनुहुने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछौं ।’

यो टेलिसिरियलको हालसम्म ८२ भाग सार्वजनिक भइसकेको छ । यो टेलिसिरियल एपीवान टेलिभिजनमा प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?