+
+

घोडाहा जंगलमा भेटिएको शव पहिचान भएन

रुपन्देहीको देवदह नगरपालिका–९ घोडाहा जंगलमा मंगलबार फेला परेका एक महिला र एक बालिकाको शवको अझै पहिचान भएको छैन । शवको सनाखत नभएपछि प्रहरीले सहयोग गर्न अपील गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते १५:३८

१२ माघ, बुटवल । रुपन्देहीको देवदह नगरपालिका–९ घोडाहा जंगलमा मंगलबार फेला परेका एक महिला र एक बालिकाको शवको अझै पहिचान भएको छैन । शवको सनाखत नभएपछि प्रहरीले सहयोग गर्न अपील गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मधेशी मूलकी जस्तो देखिने अन्दाजी ३४ वर्षकी महिला र अन्दाजी ७ वर्षकी बालिकाको शवको सनाखत हुन नसकेको भन्दै प्रहरीलाई सहयोग गर्न अपिल गरेको हो ।

रातो ब्लाउज र रातो ज्याकेट लगाएकी महिला तथा निलो पाइन्ट र पहेंलो छिर्केमिर्के सर्ट लगाएकी बालिकाको शव घाँटी काटिएको अवस्थामा पूर्वपश्चिम राजमार्ग अन्तर्गत घोडाहाको जंगलमा मंगलबार दिउँसो फेला परेको हो ।

प्रहरीले मृतकलाई चिन्ने व्यक्ति वा आफन्तले इलाका प्रहरी कार्यालय बुटवलमा सम्पर्क गर्न अपिल गरेको छ । दुबै जनाको शव लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?