+
+

गोंगबु सामूहिक बलात्कार : नौ आरोपीलाई थुनामा पठाउन आदेश

होटल सञ्चालकसँग धरौटी माग

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते १९:२४

१२ माघ, काठमाडौं । गोंगबुमा भएको सामूहिक बलात्कार प्रकरणका नौ जना आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश रामचन्द्र पौडेलको इजलासले बुधबार प्रकरणका नौ आरोपीलाई थुनामा पठाउने आदेश दिएको हो ।

अदालतको आदेशपछि मुगुका हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजवाल, दीपक नेपाली, शिवहरि बुढा, युवराज बडुवाल, हस्त नेपाली, चन्द्र साउद र अर्घाखाँचीका गोपाल शिरीषलाई अदालतको आदेश अनुसार केन्द्रीय कारागार चलान गरिएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले बताए ।

उनका अनुसार अदालतले प्रतिवादी बनाइएका तीन होटल सञ्चालकसँग चाहिँ ३/३ लाख रुपैयाँ धरौटी माग गरेको छ । उनीहरू धरौटी बुझाएर छुटेका छन् ।

पीडित महिलाले १२ पुस साँझदेखि भोलिपल्टसम्म गोंगबुको तीनवटा होटलमा आफूमाथि बलात्कार भएको भन्दै प्रहरी प्रभाग, बसपार्कमा जानकारी गराएकी थिइन् । प्रहरी कहाँ खबर पुगेलगत्तै महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज र काठमाडौं प्रहरी परिसर, टेकुको टोली अनुसन्धानमा खटिएको थियो ।

सीसी क्यामरा फुटेज विश्लेषणका आधारमा प्रहरीले विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?