+
+

बैंकिङ कसुरमा ९ लाख जरिवाना तोकिएका व्यक्ति नुवाकोटबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १३ गते १४:४१

१३ माघ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई नुवाकोटबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शिवपुरी गाउँपालिका-८ नुवाकोटका ४० वर्षीय लबराज ओली रहेका छन् ।

उच्च अदालत पाटनको २०७७ फागुन २३ गतेको फैसलाले ओलीलाई ४ दिन कैद र ९ लाख ६३ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो।

केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई बुधबार नुवाकोटको गुर्जुभञ्ज्याङ्गबाट पक्राउ गरेको जनाएको छ ।

ओलीले २०७६ वैशाख ४ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्याएर ज्योति विकास वैंक लिमिटेड (साविकको हाम्रो विकास वैंक लिमिटेड)मा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई ९ लाख ६३ हजार रुपैयाँ बराबरको चेक काटेर दिएका थिए।

बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो ।

ओलीलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा बिहीबार (आज) पेश गरिएको ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?