+
+

गर्लफ्रेण्डको बेडरुममा सुतेरै युवक बने खर्बपति, आखिर कसरी ?

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १५ गते १९:००

अहिले संसारमा एकजना यस्ता अर्बपतिको चर्चा छ जसले प्रेमिकाको बेडरुममा सुतीसुती १६ अर्ब रुपैयाँ नगद कमाएका छन् भने झण्डै ६ खर्बको सम्पत्तिका मालिक बनिसकेका छन् ।

बेलायतका यी डलर अर्बपतिले आखिर सुतेरै, त्यो पनि गर्लफ्रेण्डको कोठामा, कसरी त्यतिधेरै पैसा कमाए त ?

ती युवकको नाम जोनी बफरह्याट हो । वास्तवमा जोनीले एक भिडियो कन्फ्रेन्सिङ एपका माध्यमबाट यतिधेरै रकम कमाएका हुन् ।

जोनीको गणना बेलायतका सबैभन्दा धनी युवाहरु मध्येमा हुने गरेको छ ।

सन् २०२० मा जब पूरै दुनियामा कोरोनाको कारण लकडाउन भैरहेको थियो धेरै मानिसहरु वर्क फ्रम होममा थिए । सोही कारण जोनीले पनि आफ्नी गर्लफ्रेण्डको बेडरुपमै सुतेर एक भिडियो कन्फ्रेन्सिङ एप तयार गरे, जसको नाम hopin हो ।

जोनीले यो एपका लागि सुरुमा कोष जम्मा गरे । एप तयार भएसँगै उनले यसबाट मनग्गे पैसा कमाए ।

जोनी म्यानचेष्टर विश्वविद्यालयबाट स्नातक उत्तीर्ण हुन् । उनमा उक्त एपको अवधारणा सन् २०१८ मै आएको थियो । तर त्यसबेला उनीसँग पैसा थिएन । सन् २०१८ मा उनले आफ्नो प्रेमिकाको बेडरुममा बसेरै एपको कोडिङ गरेका थिए । जोनीले बनाएको उक्त एप जूम एप जस्तै हो । यसबाट लाइभ भिडियो कल गर्न सकिन्छ ।

यो एप लञ्च भएको एक वर्ष भित्रैमा यसका प्रयोगकर्ता ५० लाख पुगेका छन् । यो एपको मूल्य अहिले साढे ६ खर्ब रुपैयाँ पुगिसकेको छ । एप निर्माता जोनी अर्बपतिहरुको सूचिमा १ सय १३ औँ नम्बरमा पुगेका छन् । उनले एपबाट अहिलेसम्म १६ अर्ब रुपैयाँ नगद कमाइसकेका छन् । उनले अहिलेसम्म कम्पनीको केही शेयर बेचेर अधिकांस रकम कमाएका हुन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?