
काठमाडौं । भक्तपुरको सल्लाघारीका विनोद मानन्धर ‘टीभीएस ६ प्राइजको सरप्राइज’ बम्पर उपहार विजेता बन्न सफल भएका छन् ।
टीभीएसले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सञ्चालन गरेको ‘टीभीएस ६ प्राइजको सरप्राइज’ योजनामा मानन्धर विजेता बन्न सफल भएका हुन् । यो योजना २०७८ भदौ १६ गतेदेखि १४ मंसिरसम्म सञ्चालन भएको थियो ।
हिमालयन टीभी मार्फत प्रत्यक्ष प्रसारण गरी यस योजनाको बम्पर उपहार विजेता घोषणा गरिएको थियो । उपहार विजेता बन्न सफल मानन्धरले टीभीएस एनटीओआरक्यू आरटी-एफआइ खरिद गरेका थिए ।
६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजना अन्तर्गत ग्राहकहरूले बिभिन्न टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुने आकर्षक उपहारहरु प्राप्त गरेका थिए ।
कम्पनीका अनुसार यस योजना अन्तर्गत हरेक हप्ता १०० प्रतिशत क्यासब्याक जित्न सफल विजेताहरु सकिन धोबी, रबिन्द्र दंगौरा, प्रज्ञा केसी, कुमार कार्की, राजकुमार खरेल, सरस्वति चन्द, कृष्णप्रसाद भट्टराई, केशवकुमार रावल रहेका छन् । साथै खड्गी माया आङ्ग्देम्बे र बिना नेम्बाङ्गले टीभीएस ६ प्राइजको सरप्राइज अन्तर्गत आरआर३१० जित्न सफल भएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4