+
+

एमालेको माग सम्बोधन गर्न कर्णालीमा कार्यदल गठन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते १४:५५

१७ माघ, सुर्खेत । कर्णालीमा प्रमुख विपक्षी दल नेकपा एमालेको माग सम्बोधन गर्न पूर्वकानूनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

कार्यदलमा नेकपा एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाह र नेकपा एकीकृत समाजवादीका नेता चन्द्रबहादुर शाही छन् । संयोजक भण्डारीले प्रदेशसभाको गतिरोध अन्त्य गर्ने र बजेटमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन गरिएको बताए ।

‘टास्क फोर्सले सभामा देखिएका गतिरोध अन्त्य गर्दै सदन सञ्चालन गर्ने, सहमतिको वातावरण निर्माण गर्ने र बजेटमा देखिएको केही समस्या समाधान गर्ने छ । त्यसका लागि हामीले आवश्यक काम पनि थालिसकेका छौं’ संयोजक भण्डारीले भने ।

आइतबार मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रमुख प्रतिपक्षी दलको माग सम्बोधन गर्न कानुन बमोजिम बजेटमा हेरफेर गर्ने प्रतिवद्धता जनाएका थिए । त्यसपछि आइतबार राति नै कार्यदल गठन गरिएको थियो ।

कार्यदलले सदनको गतिरोध अन्त्य गर्न आवश्यक सुझाव सर्वदलीय वैठकमा पेश गर्ने म्याण्डेट पाएको छ । सम्भव भएसम्म सोमबार नै सुझाव पेश गर्ने तयारी गरेको संयोजक भण्डारीले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पुराना अलपत्र आयोजनालाई पूर्णता दिनुपर्ने, विगतमा प्रदेश सरकारले छानेर पूरा हुन नसकेका आयोजनामा बजेट व्यवस्थापन गर्नुपर्ने र बजेट संशोधन हुनुपर्ने माग अघि सारेको छ ।

त्यस्तै टुक्रे आयोजनालाई कार्यान्वयन गर्न नहुने, मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत फेरबदल भएको कार्यविधि संशोधन गर्नुपर्ने, सदनलाई पर्याप्त बिजनेस दिनुपर्ने, क्षेत्र विकास कोषको बजेट सबै क्षेत्रमा पठाउनुपर्ने माग पनि एमालेले राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?