+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

काठमाडौं प्रहरी परिसरमा जान खोप कार्ड अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते १४:३४

१८ माघ, काठमाडौं। काठमाडौं प्रहरी परिसर, टेकुमा जान खोप कार्ड अनिवार्य गरिएको छ ।

सरकारी प्रोटोकल अनुसार परिसरमा जान खोप कार्ड अनिवार्य गरिएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

तर कतिपय सेवाग्राहीहरुले चाहिँ प्रहरी कार्यालयमा पनि खोप कार्ड अनिवार्य हुँदा सेवा लिन समस्या भएको बताए । सेवा लिन टेकु जाने सेवाग्राहीसँग खोप कार्ड नभए उनीहरु गेटबाटै फर्काइने गरेका छन् ।

‘जरुरी काम परेर आइएको हुन्छ, सबैले खोप लगाएको नहुन सक्छ’ एक सेवाग्राहीले सोमबार गुनासो गरे, ‘प्रहरी कार्यालयमा अवरआपत नपरी खासै गइन्न, प्रहरीले खोप कार्ड भएन भनेर गेटबाट फर्काउनु गलत हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?