+
+

ब्राजिल र उरुग्वेको सहज जित

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १९ गते ९:४८

१९ मघ, काठमाडौं । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वेले सहज जित हात पारेका छन् । बुधबार बिहान सम्पन्न खेलमा ब्राजिलले पाराग्वेलाई ४-० ले पराजित गरेको हो ।

ब्राजिललाई फराकिलो जित दिलाउन राफिन्हा, फिलिपे कउटिन्हो, एन्टोनी र रोड्रिगोले गोल गरे ।

राफिन्हाले २८ औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा ब्राजिलले तीन गोल थप्यो ।

खेलको ६२ औं मिनेटमा कउटिन्हो, ८६ औं मिनेटमा एन्टोनी र ८८ औं मिनेटमा रोड्रिगोले गोल गरेपछि ब्राजिलले सहज जित हात पारेको हो ।

यसअघि नै विश्वकपमा छनोट भइसकेको ब्राजिल जितपछि १५ खेलबाट ३९ अंक जोडेर शीर्ष स्थानमा छ । पाराग्वे १३ अंकसहित नवौं स्थानमा छ ।

यस्तै मंगलबार राति  भएको खेलमा उरुग्वे भेनेजुएलालाई ४-१ ले पराजित गर्दै विश्वकपमा छनोट हुने सम्भावना कायमै राखेको छ ।

खेलको पहिलो मिनेटमै रोड्रिगो बेन्टानकुरले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । २३ औं मिनेटमा जिओर्जियन डी अरासकास्टाले गोल गर्दै उरुग्वेको अग्रता दोब्बर पारे ।

पहिलो हाफको इन्जुरी टाइमममा एडिन्सन काभानीले गोल गर्दै उरुग्वेलाई पहिलो हाफमै ३-० को अग्रता दिलाए ।

खेलको ५३औं मिनेटमा लुइस सुआरेजले पेनाल्टीमा गोल गर्दै उरुग्वेको अग्रता ४-० बनाए । भेनेजुएलाका लागि ६५ औं मिनेटमा जोसेफ मार्टिनेजले सान्त्वना गोल फर्काए ।

जितपछि १६ खेलबाट २२ अंक जोड्दै उरुग्वे चौथो स्थानमा उक्लेको छ र विश्वकप पुग्ने सम्भावना कायम राखेको छ ।

समान खेलबाट १० अंक मात्र रहेको भेनेजुएला अंङ्कतालिकामा पुछारमा छ र विश्वकपमा पुग्ने होडबाट बाहिरिसकेको छ ।

यस्तै चिलीले बोलिभियालाई ३-२ ले पराजित गरेको छ । चिली १९ अंक जोडेर छैटौं स्थानमा छ भने १५ अंक रहेको बोलिभिया आठौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?