+
+

लोकगायक विष्णु खत्री माओवादी केन्द्र गलकोट नगर उपाध्यक्ष चयन

रासस रासस
२०७८ माघ २० गते ११:५५
लोकगायक विष्णु खत्री । फाइल तस्वीर

२० माघ, बागलुङ । लोकगायक विष्णु खत्री नेकपा माओवादी केन्द्र गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन् । बुधबार बसेको नगर समितिको पहिलो बैठकले उनीसहित सात सदस्यीय पदाधिकारी चयन गरेको हो ।

गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय राजनीति रोजेको बताए । ‘पहिले आफ्नै गाउँठाउँमा केही गर्नुपर्ने रहेछ भन्ने सोचेर राजनीतिमा पाइला चालेको छु, कुनै पार्टीमा विचार र आस्था जोडिइसकेपछि नेतृत्वमै रहेर काम गर्नु उचित ठानें,’  उनले भने ।

राजनीति र कलाकर्मलाई एकसाथ अघि बढाउने उनको भनाइ छ । आफूलाई चिनाउने लोकसङ्गीत क्षेत्रको टेवा र उत्थानमा सधैं क्रियाशील भएर लाग्ने खत्रीको भनाइ छ । गलकोट-७ मल्ममा जन्मिएका उनी यसअघि माओवादी केन्द्रको नगर समिति सदस्य थिए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा खत्री माओवादी केन्द्रको तर्फबाट गलकोट नगरपालिकाको प्रमुख पदको उम्मेदवारका रुपमा सिफारिस समेत भएका थिए । लोकसङ्गीत क्षेत्रमा रुचाइएका गायक तथा सर्जक खत्रीले सयौं गीतमा स्वर दिएका छन् ।

उनले गीतमार्फत विकृति, विसङ्गति, गरिबी, उत्पीडन, अभाव र छुवाछुत जस्ता सामाजिक मुद्दालाई उठाउँदै आएका छन् । उनका ‘भरिया दाइ’, ‘अन्तरजातीय विवाह’, ‘कि लास चाहियो कि सास चाहियो’, ‘जम्मु कश्मिरमा’, ‘त्यहाँ हुन्छ गणतन्त्र’, ‘सुनको जलप लगायत गीत चर्चित छन् ।

माओवादी केन्द्र्रले गलकोट नगर समितिको अध्यक्षतामा तिलक उप्रेती, उपाध्यक्षमा खत्रीसहित गङ्गा भुजेल, ललित श्रीस, सचिवमा चन्द्रदत्त रेग्मी, सहसचिवमा भीम विश्वकर्मा र कोषाध्यक्षमा कौशिला घर्तीमगरलाई चयन गरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?