+
+
Shares

गोकर्णेश्वर नगरपालिकाले माघ २३ देखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २० गते १४:३७

२० माघ, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले २३ गतेदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने भएको छ ।

नगरपालिकाले सूचना जारी गर्दै नगरपालिकाभित्रका सामुदयायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, शिक्षाका पेशागत संस्थाका पदाधिकारीहरूको चाहना तथा माग अनुसार शिक्षा समितिको बैठकले सबै विद्यालय, शिक्षालय भौतिक रुपमा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।

नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव विजयप्रसाद आचार्यले स्वास्थ्य मापदण्ड पालना गरी पूर्ण सतर्कता र सजगताका साथ २३ गते आइतबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय भएकोले सोही अनुसार उपयुक्त एवं भरपर्दो वातावरण मिलाउन सबै विद्यालयलाई अनुरोध गरेका छन् ।

वातावरण भए/नभएको विषयमा नगरपालिकाबाट अनुगमन गरिने र सो अनुसार नपाइए नियमानुसार कारबाही गर्ने सूचनामा उल्लेख गरिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?