
२० माघ, काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्यहरुले ज्ञापनपत्र बुझ्न अस्वीकार गरेका छन् ।
परिषद्का बोर्ड सदस्यहरु तत्काल बोर्डको बैठक बोलाउन माग गर्दै शुक्रबार ज्ञापनपत्र बुझाउन मन्त्रालय पुगेका थिए । मन्त्रीले ज्ञापनपत्र बुझ्न अस्वीकार गरेपछि बोर्ड सदस्यहरुले सचिवालयमा ज्ञापनपत्र दर्ता गराएका छन् ।
परिषद्का कार्यकारी बोर्ड सदस्य यकेन्द्रबहादुर कुँवरले ५ महिनादेखि बैठक बस्न नसक्दा राखेपमा अन्योलता छाएको बताए । भन्छन्, हामीले खेलकुदमन्त्रीसँग निकास माग गर्न खोजेका थियौं, तर उहाँले भेट्न चाहनुभएन ।’
अहिलेको सरकारले तत्कालिन सदस्य सचिव रमेश सिलवाललाई हटाएर टंकलाल घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो । तर सिलवालले आफूलाई कानुन विपरीत हटाएको भन्दै दिएको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले सदस्य सचिवको नियुक्तिलाई यथास्थितिमा राख्न अन्तरकालीन आदेश दिएको थियो । सोही आदेशका कारण हाल राखेपमा सदस्य सचिवले काम गर्न पाएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4