+

मरिसस फुटबल टिमको सम्मानमा रात्रिभोज

२०७८ माघ  २० गते १६:५१ २०७८ माघ २० गते १६:५१
मरिसस फुटबल टिमको सम्मानमा रात्रिभोज

२० माघ, काठमाडौं । मैत्रीपूर्ण खेल खेल्न नेपाल आएका अफ्रिकी मुलुक मरिससको राष्ट्रिय फुटबल टिमको सम्मानमा नेपाल-मरिसस विजिनेश काउन्सिलले बुधबार रात्रिभोजको आयोजना गरेको छ ।

काउन्सिलले नेपालका लागि मरिससका महाबाणिज्यदूत गणेश कार्कीको प्रमुख आतिथ्यमा मरिससको राष्ट्रिय फुटबल टिमलाई रात्रिभोजका साथै विविध कार्यले सम्मान गरेको हो ।

सम्मानस्वरुप दिइएको रात्रिभोजमा बोल्दै महाबाणिज्यदूत कार्कीले नेपालमा मरिससको फुटबल टिमलाई स्वागत तथा सम्मान गर्न पाउँदा निकै खुशी महसुस भएको भन्दै यस कार्यले नेपाल र मरिससको मैत्रीपूर्ण सम्बन्ध कायम गर्नुका साथै दुई देशबीच खेल पर्यटन र भाईचारा विकास गर्न मदत पुग्ने बताए ।

कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै काउन्सिलका अध्यक्ष बटु लामिछानेले यस भ्रमणले नेपाल र मरिससबीच जनस्तरमा दुई देशका सम्बन्धलाई अझ बलियो बनाउनुका साथै दुई देशबीच पर्यटन प्रवर्द्धन र व्यापार प्रव‍र्द्धनका लागिसमेत महत्त्वपूर्ण योगदान पुग्ने बताए ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले नेपाल एक सुन्दर राष्ट्र भएको भन्दै विश्वमा शान्ति फैलाउने बुद्ध जन्मेको देश, सर्वोच्च शिखर सरगमाथा रहेको देश, पौराणिक र पुरातात्विक संरचनाले भरिपूर्ण भएको एक पर्यटकीय स्थल रहेकोले फुटबल खेलका माध्ययमले नेपालमा पर्यटनको विकास गर्न मदत पुग्ने बताए । कार्यक्रममा मरिसस टिमलाई मायाको चिनोको रुपमा नेपाली ढाकाटोपी, ब्याचलगायत कलात्मक झ्याल प्रदान गरिएको नेपाल-मरिसस विजिनेश काउन्सिलले जनाएको छ ।

फुटबल मरिसस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय