
२१ माघ, काठमाडौं। प्रहरीले नागढुंगा चेकप्वाइन्टबाट लागूऔषधसहित दुईजना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत मोतिहारी ग्राम हम्बरीया घर भएका २७ वर्षीय पवन कुमार दास र डाक्नेश्वरी नगरपालिका-६ का २४ वर्षीय मुकेश साह रहेका छन् ।
बाराको सिम्रौनगढदेखि काठमाण्डौतर्फ आउँदै गरेको ना. ८ ख ७३२३ नम्बरको यात्रु बाहक बसलाई चेकजाँच गर्ने क्रममा महानगरीय प्रहरी बृत्त थानकोटले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले भारतीय नागरिक दासको साथबाट १०० एम्पुल डाइजेपाम, १०० एम्पुल नूफिन र १०० एम्पुल फेनेरेगन गरी ३०० एम्पुल लागूऔषध तथा साहको साथबाट ५९६ थान नाइट्राभेट बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान भइरहेको महानगरीय प्रहरी बृत्त थानकोटले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4