+
+

सत्तारुढ गठबन्धनले एमसीसीलाई विवादास्पद बनायो : प्रदीप ज्ञवाली

टोपराज शर्मा टोपराज शर्मा
२०७८ माघ २३ गते १४:५८

२३ माघ, बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई सत्तारुढ गठबन्धननले गिजोलेर विवादास्पद बनाएको बताएका छन् ।

नेता ज्ञवालीले सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूले अमेरिकासँग एउटा कुरा र नेपाली जनतासँग अर्को कुरा गरेर एमसीसीलाई गिजोलेको बताएका हुन् । प्रेस चौतारी रुपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले कांग्रेस माओवादी गठबन्धनकै सरकारको पालामा यो सम्झौता भएको तर, अहिले उनीहरू नै सरकारमा भएका बेला यो बढ्ता विवादास्पद बनाइएको टिप्पणी गरे ।

‘खासगरी माओवादी नेताहरूको दोहोरो भूमिकाले एमसीसीका कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि अविश्वसनिय बनेको छ’ज्ञवालीले भने,‘एकातिर अमेरिकालाई चिठी लेखर पाँच महिनामा पास गर्छौं भन्ने, यता नेपाली जनतालाई संशोधन नगरी पास गर्दैनौं भन्ने कस्तो चरित्र हो ?’

एमसीसीमा राष्ट्रहीत विपरित प्रावधानहरू भए सम्झौता गर्नेहरूले नै गल्ती स्वीकार गर्नुपर्ने बताए । एमसीसी संसदमा छलफल हुन पाउनुपर्ने र संसदमा टेबल भएपछि मात्र एमालेले औपचारिक धारणा सार्वजनिक गर्ने नेता ज्ञवालीले दोहोर्‍याए । एमसीसीको विषय अंध्यारो कोठामा सत्ता लेनदेनको विषय बनाउन नहुने ज्ञवालीको भनाइ छ । सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीलाई संसदमा टेबल गर्ने बाटो छेक्न नपाउने भन्दै ज्ञवालीले सभामुखको भूमिका विवादास्पद रहेको टिप्पणी गरे ।

सभामुख सापकोटाले एमालेले कारबाही गरेका १४ जना सांसदलाई कारवाहीको सूचना टाँस नगरेर गल्ती गरेको भन्दै आत्माआलोचना गरे संसद पुन: सञ्चालन गर्ने विषयमा सोच्ने ज्ञवालीले बताए ।

नेता ज्ञवालीले स्थानीय तहको चुनावको मिति तत्काल तोक्न सरकारसँग माग गर्दै स्थानीय तहको चुनाव भएपछि संघ र प्रदेशको चुनाव पाँच वर्ष अगावै जुनसुकै बेला गर्न एमाले तयार रहेको बताए । ‘स्थानीय तहको मिति तत्काल तोकियोस्,नतोक्दा आशंकाहरू उब्जिएको छ’ज्ञवालीले भने,‘स्थानीय तहको चुनाव पहिला भयो भने आउदो मंसिरमा संघ र प्रदेशको चुनावका लागि एमाले तयार छ ।’

गठबन्धन सरकारको सात महिनामा राजयका तीनवटै अंगहरू कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अस्तव्यस्त बनेका र अर्थतन्त्रसहित सबै सूचकहरू नकारात्मक रहेकाले सरकार असफल भएको टिप्पणी गरे ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?