+
+
Shares

फागुन १ देखि विद्यालय खोल्न सिफारिस, खोप नलगाएका बालबालिकालाई आलोपालो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते १७:५६

२३ माघ, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गराउन सिफारिस गरेको छ । आइतबार बसेको बैठकले सरकारलाई सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले बताइन् ।

सीसीएमसीसीकी प्रवक्ता नेपालका अनुसार १२ वर्ष पूरा भएका बालबालिकाले स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन पाउँछन् भने १२ वर्षमुनिका बालबालिका भने बारअनुसार आलोपालो कक्षामा सहभागी गराउने गरी सिफारिस गरेको हो ।

यसअघि कोरोना संक्रमण तीव्र रुपमा बढेको भन्दै गत पुस २५ गते बसेको  सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो तर माघ १४ गते बसेको सीसीएमसीसीको बैठकले उक्त निर्णयलाई माघ मसान्तसम्म निरन्तरता दिन सिफारिस गरेको थियो । कोरोना महामारीको जोखिम उतिकै रहेको भन्दै माघ मसान्तसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।  कक्षाा सञ्चालन नभए पनि माघ १५ गतेदेखि २० गतेसम्म बालबालिकालाई खोप लगाउनका लागि विद्यालयहरू खुला गरिएको थियो ।

सोबारदेखि जोरबिजोर हटाउन सिफारिस

सीसीएमसीसीले सोमबारदेखि जोरबिजोर प्रणाली हटाउन सिफारिस सीसीएमसीसीकी प्रवक्ता नेपालले बताइन् । गत माघ ८ गतेदेखि काठमाडौँ उपत्यकामा यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको थियो । स्थानीय प्रशासन (काठमाडौं, ललितपुर र भक्तपुर) को संयुक्त बैठकको निर्णयानुसार जोरबिजोर प्रणाली लागू गरिएको थियो ।

साथै फागुन १ गतेदेखि स्वास्थ्य मापदण्ड पालना गरेर जिम, फिल्म हल, फुटसललगायत रात्रिकालिन व्यवसायहरू दोहोरी, डान्सबारलगायत सञ्चालनका लागि सिफारिस गरेको छ । रात्रिकालिन व्यवसायहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । नेपालले अनलाइनखबरसँग भनिन्,’पाटी प्यालेसमा फुल क्षमताको ५० प्रतिशत अथवा १०० भन्दा बढी भेला हुन नपाउने गरी सञ्चालन गर्न सरकारलाई सिफारिस भएको छ । तर, अहिले नै भेला, सभा सम्मेलनका लगाइएको प्रतिबन्ध खुला गरिएको छैन ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?