+
+

बागलुङकी सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

रासस रासस
२०७८ माघ २४ गते १६:२१

२४ माघ, बलेवा। सुत्केरी भएर साल अड्किएकी बागलुङको वडिगाड गाउँपालिकाकी एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

वडिगाड गाउँपालिका-३ सिसाखानीकी २६ वर्षीया सीता सामलको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

सोमबार बिहान १ बजे सुत्केरी भएकी सामलको साल अड्किएपछि दगातुन्डाँडा स्वास्थ्य चौकीमा कार्यरत राधा गिरी र दीपक थापाले बिरामीको घरमा पुगेर उपचार गरेका थिए ।

स्थानीय स्वास्थ्यकर्मीको प्रयाससमेत असफल भएपछि उनलाई हेलिकप्टरमार्फत पोखरा पठाइएको हो । वडिगाड गाउँपालिकाको समन्वयमा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रले उनको उद्धार गरेको हो ।

रातको समय सडकमा रहेको हिउँले यातायातमा समस्या भएकाले सुत्केरीलाई घरमै राखी राति ४ : १३ बजे मात्रै स्वास्थ्यकर्मीलाई खबर गरेको परिवारले जनाएको छ । उनलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?