
२५ माघ, काठमाडौं । प्रहरीले लागूऔषध ब्राउन सुगरसहित तीनजनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-१० का २२ वर्षीय पासाङ छिरिङ शेर्पा, भोजपुर घर भई तारकेश्वर नगरपालिका-११ बस्ने २४ वर्षीय तेन्जिङ शेर्पा र भीमदत्त नगरपालिका कञ्चनपुर घर भई बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने २७ वर्षीय खगेस खत्री छन् ।
उनीहरूको साथबाट २२ दशमलव ८ ग्राम ब्राउन सुगरसमेत बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4