
२५ माघ, काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबर नेपाललाई पूँजी थप गर्न लगानी बोर्डले स्वीकृति दिएको छ ।
मंगलबार बसेको बोर्डको ४९ औं बैठकले ९ अर्ब ६८ करोड रुपैयाँ बराबर पूँजी थप गर्न दिने निर्णय गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए ।
स्वीकृत गरेको थप पूँजीमा एक अर्ब भने ऋण लगानी रहेको भट्टले बताए । ‘उत्पादनमा विविधता थप गर्न र निर्यातका ६० प्रतिशतले बढाउन कम्पनीले गरेको प्रस्ताव स्वीकृत भएको छ,’ प्रमुख कार्यकारी अधिकृत भट्टले अनलाइनखबरसँग भने । डाबरलाई पुनर्लगानीका रुपमा पूँजी थप गर्न स्वीकृति दिइएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4