+
+

म्यानचेस्टर युनाइटेड बर्नलीसँग बराबरीमा रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते ९:२२

काठमाडौं । प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड एक गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको छ ।

मंगलबार राति भएको खेलमा अंक तालिकाको पुछारमा रहेको बर्नलीसँग युनाइटेड १-१ गोलको बराबरीमा रोकिएको हो ।

बर्नलीको मैदानमा भएको खेलको १२औं मिनेटमै युनाइटेडका राफेल भारनले गोल गरे पनि भिएआरले मान्यता दिएन ।

१८ औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अग्रता युनाइटेडले दोस्रो हाफमा कायम राख्न सकेन । ४७ औं मिनेटमा जे रोड्रिगेजले बर्नलीका लगि बराबरी गोल फर्काए ।

यस बराबरीपछि युनाइटेड २३ खेलबाट ३९ अंक जोडेर पाँचौं स्थानमा छ । बर्नली १४ अंकसहित पुछारमै छ ।

अर्को खेलमा वाटफोर्डलाई १-० ले हराएर वेष्टह्याम चौथो स्थानमा उक्लेको छ । वेष्टह्यामको २४ खेलबाट ४० अंक छ ।

अर्को खेलमा न्युकासलले एभर्टनलाई ३-१ ले हराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?