+
+

डोटीको गोगनपानीमा १६ वर्षीय किशोर मृत भेटिए

रामहरि ओझा रामहरि ओझा
२०७८ माघ २६ गते १६:३८

२६ माघ, डोटी । डोटीको जोरायल गाउँपालिका-१ गोगनपानीमा एक किशोर मृत अवस्थाम भेटिएका छन् ।

डडेल्धुराको आलिताल गाउँपालिका-१ भुसुका १६ वर्षीय भानुनाथ बुधबार मृत फेला परेका हुन् । २३ गते राति विवाहबाट फर्किएका नाथ सम्पर्कविहीन थिए ।

घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरीको टोली घटनास्थल तर्फ गइसकेको जिल्ला प्रहरी कार्यालय डोटीका सहप्रबक्ता रबिन्द्र चन्दले जानकारी दिए ।

विवाहमा गएका किशोर मृत अवस्थामा भेटिएपछि विरोधमा स्थानीयले भिमदत्त राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु समस्यामा परेका छन् । स्थानीयको अवरोधले लामो तथा छोटो दुरीका यातायातका साधनहरु प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?