
काठमाडौं । सनराइज बैंक लिमिटेडले झापाको कमल गाउँपालिका–७ स्थित बाह्रघरेमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।
यो सँगै सनराइज बैंकको शाखारहित बैंकिङ सेवा संख्या ८६ पुगेको छ । बैंकले उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा बिजय गौलीलाई नियुक्त गरेको छ ।
सनराइज बैंक प्रदेश १ का प्रमुख बिबेक निरौलाको सभापतित्वमा सोमबार सम्पन्न भएको कार्यक्रममा कमल गाउँपालिका-७ का वडाध्यक्ष पृथ्वीपति राई लगायत अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो ।
बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।
प्रतिक्रिया 4