+
+

फाइभजी नेटवर्क विकासमा ह्वावेको लगातार अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २७ गते १८:३२

फाइभजी प्रविधि विकासमा ह्वावेले निरन्तर अग्रता बनाएको छ । फाइभजीको रेडियो एक्सेस नेटवर्क (र्‍यान) पोर्टफोलियोमा लगातार तेस्रो वर्ष ह्वावे सबैभन्दा अघि रहन सफल भएको हो ।

हालै सार्वजनिक भएकाे ‘ग्लोबल डेटा रिसेन्ट एचटु २०२१’ प्रतिवेदन अनुसार ह्वावे पहिलाे स्थानमा कायम छ । फाइभजी र्‍यानका मुख्य निर्माता तथा बिक्रेताका उपकरणको प्रतिस्पर्धी लाभ मूल्याङ्कन गरी हरेक ६ महिनामा यो प्रतिवेदन प्रकाशित हुन्छ ।

पछिल्लाे प्रतिवेदनले विभिन्न कम्पनीका र्‍यान प्रडक्टलाई चार भागमा विभाजन गरी अध्ययन गरेको थियो । जसमा रेडियो युनिट पाेर्टफोलियोको दायरा, बेसब्याण्ड युनिट (बीबीयू) को क्षमता, जडान सहजता र प्रविधि विकासलाई आधार मानिएको थियो ।

त्यसमध्ये रेडियो युनिट पाेर्टफोलियोको दायराका आधारमा ह्वावे अघि रहन सफल भएकाे छ । यसको अर्थ ह्वावेले निरन्तर रुपमा गरेको आविष्कारले फाइभजी उद्योग विस्तार हुन मद्दत पुगेको जनाइएको छ ।

उदाहरणका लागि ‘मेटाएएयु’ ले कभरेजका साथै ऊर्जा खपतलाई कम गर्न मद्दत गरेको छ । त्यस्तै ‘ब्लेडएएयु प्रो’ ले साइटमा थोरै ठाउँमा एन्टेना राखी फाइभजी सञ्चालन गर्न सहयोग पुर्‍याएको छ ।

साथै ४०० मेगाहर्ज अल्ट्रा-वाइड ब्याण्ड ‘एएयू’ ले छरिएर रहेका फ्रिक्वेन्सीलाई एकीकृत गरी साझा नेटवर्क निर्माण गर्न मद्दत गरिरहेको छ । भने, सब–३ गिगाहर्ज ४टी–८टी मीमो मल्टि एन्टेना अल्ट्रा–वाइड ब्यान्डको मद्दतले फ्रिक्वेन्सीको क्षमता विस्तार गरी सेवा प्रदायकको लागत कम गर्न मद्दत गर्ने जनाइएको छ ।

यी सबै फिचरले सेवा प्रदायकलाई उनीहरूको नेटवर्क विस्तारमा मद्दत पुग्ने जनाइएको छ । प्रतिवेदन अनुसार ह्वावेले विभिन्न सन्दर्भ अनुसार फाइभजी रेडियाे प्रडक्ट उपलब्ध गराएको छ ।

यस्तै बीबीयू क्षमतामा पनि ह्वावे अघि रहेको प्रतिवेदनले देखाएको छ । ह्वावेको बीबीयू५९०० सेल्स पर युनिट भोल्युमका आधारमा सबैभन्दा अघि रहेको छ । भने, यो फाइभजी उद्योगकै नेतृत्वदायी ४०० मेगाहर्ज एमएम वेभ सेल क्षमतामा आधारित छ ।

यसले सेवा प्रदायकलाई लगानीको प्रतिफल दिनुका साथै ट्राफिक ग्रोथ हुँदै गर्दा त्यसलाई धान्न सक्ने क्षमता पनि राख्छ । अर्कोतर्फ ह्वावेका फाइभजी पूर्वाधार हलुका हुनुका साथै छरितो रहेकाले जडानमा सहज रहेको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसका लागि ह्वावेले प्रडक्टमा विभिन्न आविष्कार गरेको छ । १९ केजीको ६४टी मीमो एएयू र १० केजीको ३२टी म्यासिभ मीमो एएयु रहेका छन् । जुन एक जना व्यक्तिले पनि बोकेर हिँड्न सक्नेछन् । जसले गर्दा नेपालजस्तो भौगोलिक अवस्था भएका देशमा यो अझ प्रभावकारी हुने देखिन्छ ।

प्रविधि विकासको हिसाबले हेर्ने हो भने ह्वावले विभिन्न क्षेत्रलाई समेटेर प्रविधिको विकास गरेको छ । उदाहरणका लागि ह्वावेको एडप्टिभ हाई रिजोलुशन (एएचआर) एल्गोरिदमले नेटवर्कको क्षमता र प्रयोगकर्ताको अनुभव विस्तारमा मद्दत गर्छ ।

यसमा प्रयोग भएको सिंगल सेल लो-ब्याण्ड फ्रिक्वेन्सीले, क्लाउण्ड एयर, सुपर ब्याण्ड जस्ता सोलुसनले फोरजी र फाइभजी नेटवर्क बीचमा सहज रुपमा कम्युनिकेशनको काम गर्नेछ ।

त्यस्तै पावरस्टार २.० ले ऊर्जा खपत कम गर्ने मद्दत पुर्‍याएको छ ।  फाइभजी प्रविधिको दिगो विकासलाई बढावा दिने उद्देश्यका साथ ५.५ जी को लागि नयाँ दिशाहरू प्रस्ताव गर्ने ह्वावे पहिलो थियो।

ह्वावेले प्रयोगकर्ताको अनुभव र उद्योगको मागमा आफ्नो पूर्ण ध्यान केन्द्रित गर्न जारी राख्ने प्रतिबद्धता ब्यक्त गरेको छ। नवीनतम प्रविधि र विश्वभरका साझेदारहरूसँगको संयोजनमा ह्वावेले उपभोक्ता अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने र सबै उद्योगहरूमा डिजिटलाईजेसन ल्याउने आशा राखिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?