+
+
Shares

कलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृशोक

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते ८:०९

२८ माघ, काठमाडौं । हास्य सिरियल ‘सक्किगो नि’का कलाकार तथा निर्देशक अर्जुन घिमिरेलाई मातृशोक परेको छ । उनकी आमाको शुक्रबार बिहान साढे १ बजे उपचारका क्रममा निधन भएको हो । कलाकार घिमिरेले आमाको निधन भएको अनलाइनखबरलाई बताए । अर्जुनकी आमाको केही महिनाअघि मस्तिष्कघात भएपछि काठमाडौंको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको थियो ।

लामो समयसम्म उपचार हुँदा पनि उनकी आमाको स्वास्थ्य अवस्थामा कुनै पनि सुधार आउन सकेको थिएन । आमाको उपचार सुरु भएपछि अर्जुनले केही महिना ‘सक्किगो नि’मा काम पनि गरेका थिएनन् ।

अर्जुनले आफ्नी आमाको जन्मदिन समेत अस्पतालको बेडमै मनाएका थिए । उनले आमाको उपचार विधि निक्कै जटिल भएपनि उपचार भने भइरहेको उल्लेख गरेका थिए ।

उनले आठ महिना अगाडि लेखेको एक स्टाटसमा ‘आमाको स्वास्थ्य अवस्था ठीक ठाउँमा आइदिए चित्त बुझाउने बाटोसम्म हुने थियो’ भनेर लेखेका थिए । ग्रिन सिटीमा उपचार सुरु भएको करिब १० महिनापछि उनकी आमाको शुक्रबार निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?