
दक्षिण कोरियाली कम्पनी सामसुङले हालै नयाँ संस्करणको ग्यालेक्सी स्मार्टफोन सार्वजनिक गर्यो, जसमा उत्कृष्ट क्यामरादेखि स्टाइलस सम्मको नयाँ फिचर उपलब्ध छन् ।
तर यो सँगै धेरै चर्चामा नरहेको अर्को महत्वपूर्ण प्रयोग सामसुङले आफ्नो नयाँ स्मार्टफोनमा गरेको छ । अर्थात् सामसुङले नयाँ ग्यालेक्सी स्मार्टफोनका पाटपुर्जामा प्रयोग भैसकेका माछा मार्ने जालीदेखि पानीका बोतलसम्मका रिसाइकल गरिएका सामाग्रीहरुको प्रयोग गरेको छ ।
सामसुङको ग्रहका लागि ग्यालेक्सी (Galaxy for Planet) नामक पञ्चवर्षीय परियोजना अन्तरगत कम्पनीले नयाँ ग्यालेक्सी फोनका पाटपुर्जा निर्माणमा काम नलाग्ने फोहोर वस्तुहरुको प्रयोग गरेको हो । प्याकेजिङमा प्लास्टिकको प्रयोग हटाउने र ल्याण्डफिलमा जाने निर्माणजन्य फोहोर रोक्ने उक्त परियोजनाको उद्धेश्य हो । विज्ञहरुले सामसुङको उक्त हरित अभियानको स्वागत गरेका छन् ।
नयाँ ग्यालेक्सी एस २२ सिरिजका स्मार्टफोनको भोल्यूम र पावर की अड्याउने ब्राकेट्सको उत्पादनमा नाइलनका माछा मार्ने जालोबाट पोलीएमाइड रेजिनका टुक्रा तयार गरिएको छ । यसमा माछा मार्ने जालीसँगै फ्याँकिएका पानीबाट बोतल र सिडीका खोलहरु पनि प्रयोग गरिएको छ ।
विज्ञका अनुसार विश्वमा स्मार्टफोन प्रयोगकर्ताको संख्या तिव्रदरमा बढिरहेको भएपनि आफुले प्रयोग गर्ने स्मार्टफोनका हार्डवेयरहरुको निर्माण प्रक्रिया वातावरणका लागि कति हानिकारक छ भन्ने जानकारी छैन । सामसुङले आफ्ना उत्पादनहरुमा वातावरणीय दिगोपनाको पक्षलाई प्राथमिकता दिने प्रयत्न गर्नु भएतापनि वातावरणीय क्षति कम गर्नका लागि स्मार्टफोन प्रयोगकर्ताहरुले लामो समयसम्म टिकाउन हुने डिभाइसहरु निर्माण गर्नु नै उपयुक्त विकल्प भएको विज्ञहरुको भनाइ छ ।
स्मार्टफोन निर्माणमा काम नलाग्ने सामानहरुको प्रयोग गर्नु ठूलो समस्याको क्षेत्रमा एउटा सानो प्रयासको रुपमा मात्र रहेको छ । सामसुङले हालै ग्यालेक्सी एस २२ सिरिजका ३ वटा मोडेलका स्मार्टफोन सार्वजनिक गरेको छ । जसमा सामसुङ ग्यालेक्सी एस २२, सामसुङ ग्यालेक्सी एस २२ प्लस र सामसुङ ग्यालेक्सी एस २२ अल्ट्रा रहेका छन् ।
एस २२ र एस २२ प्लसमा ५० मेगापिक्सेल अल्ट्रावाइड क्यामरा छन् भने एस २२ अल्ट्रामा १०८ मेगापिक्सेलको मूख्य क्यामरा रहेको छ । एस २२ अल्ट्रामा स्टाइलस अर्थात् एस पेन छ । यसअघि सामसुङका ग्यालेक्सी नोट तथा ग्यालेक्सी फोल्डमा मात्र एस पेन प्रयोग गर्न सकिन्थ्यो । बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4