+
+

धनगढी मेयर एलपीएल-६ को तयारी पूरा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते २०:०३

१ फागुन, धनगढी । सोमबार धनगढीमा सुरु हुने यु-१९ विद्यालय स्तरीय धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग टी-२० प्रतियोगिताको छैठौं संस्करणको तयारी पूरा भएको छ ।

प्रतियोगिता फागुन २ गतेदेखि १४ गतेसम्म धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा आयोजना हुनेछ ।

आइतबार धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका छन् । उनले धनगढीलाई क्रिकेट शहरको रुपमा परिचित गराउने उपमहानगरपालिकाको उद्देश्य अनुरुप यस्ता प्रतियोगिताले थप उर्जा मिलेको बताए ।

नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमका कप्तान देव खनाल, उपकप्तान शेर मल्ल, यु-१९ का राष्ट्रिय क्रिकेटरहरु अर्जुन साउद, आदिल अन्सारी, राहुल भण्डारी, बिपिन रावल, आकाश चन्द, बिशाल बिक्रम केसी, बसिर अहमदजस्ता खेलाडीले यो प्रतियोगिता खेल्नेछन् ।

टी-२० फर्म्याटमा खेलाइने प्रतियोगितामा १० विद्यालय टिम सहभागी छन् । सहभागी टिमहरुलाई ‘ए’ र ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको छ। जस अनुसार समूह ‘ए’ मा हिमालयन ह्वाइट हाउस वर्ल्ड स्कुल काठमाडौं, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, होलील्यान्ड इङ्लिस बोर्डिङ स्कुल अत्तरिया, शारदा सरस्वती सेकेन्डरी दोधारा चाँदनी कञ्चनपुर र एभरेस्ट एकेडेमी अत्तरिया कैलाली रहेका छन् ।

त्यसैगरी समूह ‘बी’ मा आयोजक लिटल फ्लावर बोर्डिङ हाइस्कुल धनगढी, गुरुकुल इङ्लिस मिडियम स्कुल लम्की, स्टेपिङ स्टोन इङ्लिस बोर्डिङ स्कुल धनगढी, विद्याभूषण पब्लिक स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया रहेका छन् ।

उद्घाटन खेलमा पाँचौं संस्करणको उपविजेता तथा आयोजक लिटल फ्लावर बोर्डिङ हाइस्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया भिड्ने छन्।

प्रतियोगिताको लागि संघीय प्रहरीको खेल मैदान दुई महिना अगाडिदेखि तयार गरिएको थियो । यसअघि माघ २२ गते सुरु हुने घोषणा गरिए पनि कोभिड-१९ का कारण १० दिन सारिएको हो ।

प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलरले समान १० हजार रुपैयाँ, प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार रुपैयाँ, प्रत्येक खेलको गेम चेन्जरले १ हजार रुपैयाँ तथा प्रत्येक खेलको सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीले ५०० रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?