+
+

मृतक छोराको शुक्रकिट माग गर्दै अदालतमा निवेदन !

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते १५:५२

२ फागुन, काठमाडौं । भारतको दिल्ली उच्च अदालतमा एक दम्पत्तिले अनौठो खालको निवेदन दर्ता गराएका छन् । उक्त निवेदनमा सो दम्पत्तिले आफ्नो मृतक छोराको शुक्रकिट आफुहरुलाई दिन माग गरेका छन् ।

निवेदनमा उनीहरुले मृतक छोराको शुक्रकिट बाबुआमालाई प्रदान गर्नका लागि गंगाराम अस्पतालको नाममा आदेश दिन माग गरेका छन् ।

तर गंगाराम अस्पतालले अदालतमा पेश गरेको प्रत्युत्तर निवेदनमा चाहीँ अविवाहित मृतक व्यक्तिको शुक्रकिट कसैलाई दिन भन्ने सम्बन्धमा असिस्टेड प्रजनन ऐन, सरोगेसी ऐन तथा आइसिएमआरका निर्देशिकाहरुमा कुनै व्यवस्था नभएको दाबी गरेको छ । अस्पतालले गत जनवरी ३ मा आफ्नो प्रत्युत्तर पेश गरेपछि ४ तारेखका दिन सुनुवाई भएको थियो ।

घटना के हो ?

जुन मृतक व्यक्तिको शुक्रकिटको माग उनका बुवाआमाले गरिरहेका छन् उनी क्यान्सर रोगी थिए र सन् २०२० को जून महिनामा गंगाराम अस्पतालमा भर्ना भएका थिए ।

उनी अविवाहित थिए । क्यान्सर उपचारको केमोथेरापी अगाडि नै उनको विर्य निकालेर सुरक्षित राख्ने सल्लाह दिइएको थियो ताकि केमोथेरापीको विकिरणले उनको प्रजनन अंगमा नकारात्मक असर परेर बाँझोपन पनि हुन सक्दथ्यो । त्यसपछि उनको विर्यलाई अस्पतालले सुरक्षित राखेको थियो । पछि ती बिरामी अर्को अस्पतालमा भर्ना भए । अन्ततः सन् २०२० को सेप्टेम्बरमा उनको मृत्यु भयो ।

बिरामीको मृत्युपछि उनका बुवाआमाले सर गंगाराम अस्पतालमा सुरक्षित राखिएको आफ्ना छोराको विर्य आफुहरुलाई फिर्ता दिन अनुरोध गरे, तर अस्पतालले अस्विकार गर्यो । त्यसपछि उनीहरुले अदालतको ढोका ढक्ढकाए ।

आफूहरुसँग छोराको सम्झनाको रुपमा त्यहीँ विर्यमात्र बाँकी रहेको तर अस्पतालले त्यसलाई फिर्ता नगरेर आफुहरुको अधिकारको उल्लंघन गरेको आरोप उनीहरुको छ ।

साथै मृतक छोराको विर्यबाट आफ्नो वंशलाई निरन्तरता दिन चाहेको पनि निवेदनमा उनीहरुले उल्लेख गरेका छन् ।

यस विषयमा उच्च अदालतले दिल्ली सरकार र गंगाराम अस्पतालसँग जवाफ माग गरेको थियो ।

दिल्ली सरकारले अदालतको फैसला आफुलाई स्विकार्य हुने बताएपनि गंगाराम अस्पतालले भने प्रतिउत्तर पेश गर्दै विर्य फिर्ता दिन असमर्थ रहेको जनाएको थियो ।

एक अविवाहित मृतकको संरक्षित विर्यको कानूनी अधिकार कसको हुने भन्ने बारेमा असिस्टेड रिप्रोडक्टिभ ऐन २०२१ तथा आइसिएमआरको निर्देशिकाका साथै सरोगेसी ऐनमा पनि कुनै उल्लेख नभएको अस्पतालको भनाई छ । बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?