+
+

रुपन्देहीका दुई गाउँपालिका अध्यक्ष एमाले प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते १६:५६

२ फागुन, बुटवल । रुपन्देहीका दुई गाउँपालिकाका अध्यक्षले नेकपा एमालेमा प्रवेश गरेका छन् ।

रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव र ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट एमालेमा प्रवेश गरेका हुन् । रोहिणी गाउँपालिकाका अध्यक्ष यादव गत स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए । त्यस्तै, ओमसतियाका अध्यक्ष केवट नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

उनीहरूसँगै ओमसतिया गाउँपालिका उपाध्यक्ष सुन्दरमति कुमारी हरिजन, माओवादी केन्द्र रोहिणीका अध्यक्ष प्रदीपकुमार पाण्डेय, ओमसतियाका अध्यक्ष गोविन्द केवट पनि एमालेमा प्रवेश गरेका छन् ।

ओमसतिया उपाध्यक्ष हरिजन गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट ओमसतिया उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । उनीहरूलाई एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल, सचिव छबिलाल विश्वकर्मालगायत नेताले पार्टीमा स्वागत गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?